श्रीलंकामा क्रिसमसको अवसरमा १ हजार बढी कैदीबन्दीलाई आममाफी

श्रीलंकामा क्रिसमसको अवसरमा १ हजार बढी कैदीबन्दीलाई आममाफी

एजेन्सी : श्रीलंकाले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलंकामा राष्ट्रपति रनिल विक्रमासिंघेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैदीलाई बाँकी जेल सजाय माफी गर्ने पत्रमा हस्ताक्षर गरेका थिए।

सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलंकाका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी दिए।

श्रीलंकामा बुद्धको जन्म, प्रबुद्धता र मृत्युको उपलक्ष्यमा मनाइने वैशाखको विदाको अवसरमा मे महिनामा पनि त्यति नै संख्यामा दोषीलाई रिहा गरिएको थियो।

क्रिसमसको पूर्वसन्ध्यामा रोकिएको एक साता लामो सेना समर्थित लागु औषधविरोधी अभियानका क्रममा प्रहरीले करिब १५ हजार व्यक्तिलाई पक्राउ गरेपछि पछिल्लो आममाफी दिइएको हो।

प्रहरीले जारी गरेको विज्ञप्तिमा १३ हजार ६६६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको र करिब एक हजार १०० जनालाई हिरासतमा लिएर सेनाद्वारा सञ्चालित अस्पतालमा अनिवार्य पुन: स्थापनाका लागि पठाइएको उल्लेख छ।

श्रीलंकाका जेलहरूमा क्षमताभन्दा बढी कैदी राख्दा लामो समयदेखि जेलमा कैदीको भीडभाड हुने गरेको छ।

९ पुस, २०८०, १३:४०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।