आफूमाथि योजनाबद्ध आक्रमण भएको रवि लामिछानेको आरोप

आफूमाथि योजनाबद्ध आक्रमण भएको रवि लामिछानेको आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि योजनाबद्ध आक्रमण भएको बताएका छन्।

आफ्नो पार्टीको नारायणगढ–बुटवल दबाव यात्रा सुरू गर्नुअघि नारायणगढमा भएको पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफूमाथि योजनाबद्ध आक्रमण भएको बताएका हुन्।

आफूमाथि आक्रमणको प्रयास हुँदा पनि गृह प्रशासनले एकपटक पनि नसोधेको गुनासो गरे।

‘चौथो ठूलो दलको नेतामाथि प्रहार हुँदाखेरि देशको प्रशासनले, गृहमन्त्रीले, गृह प्रशासनले एकपटक एउटा कन्सर्न राख्नुपर्ने होला नि त? छैन, किनकि सब चिज योजनाबद्ध छ,’ लामिछानेले भने।

आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसंग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे।

उनले भने, ‘सबै प्रपन्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ गृहमन्त्रीले, गृहमन्त्रीज्यू पहिले आफ्ना वरपरका मान्छेलाई सम्हाल्नुपर्यो तपाईंले।’

पुष ९, २०८० सोमबार ११:४९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।