अफलाइनबाट यात्रुसँग पैसाको बार्गेनिङ गर्ने ४८ जना पठाओ र इनड्राइभ चालक प्रहरी नियन्त्रणमा
काठमाडौं : काठमाडौं प्रहरी परिसरको टोलीले अफलाइनमार्फत पठाओ र इनड्राइभ चलाउने ४८ जना मोटरसाइकल राइडरलाई नियन्त्रणमा लिएको छ। शनिबार र आइतबार गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका केही चालकमाथि अभद्र मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी प्रहरीको छ। अफलाइनमार्फत यात्रुहरूसँग पैसाको बार्गेनिङ गर्ने, हैरानी दिने लगायतको गुनासो आएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। केही राइडर भने मोटरसाइकल नै छाडेर भागेका छन्।
प्रहरी कुल ७५ वटा मोटर साइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पुष ८, २०८० आइतबार १८:०३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।