धनुषामा हिरासतमै थुनुवाको मृत्यु, प्रहरी र स्थानीयबिच झडप हुँदा एक घाइते

धनुषामा हिरासतमै थुनुवाको मृत्यु, प्रहरी र स्थानीयबिच झडप हुँदा एक घाइते

काठमाडौं : गए राति धनुषाको सुगानिकास गाउँमा दुई पक्षबीच विवाद हुँदा ३५ वर्षीय दीपनारायण मण्डल घाइते भएको घटनाले हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भइरहेको छ।​

गए राति दुई पक्षबीच झडप भएपछि प्रहरी आई घाइते मण्डललाई पक्राउ गरी कुटपिट गरेको र प्रहरीकै कुटाइबाट उनको मृत्यु भएको स्थानीयको आरोप छ।

इलाका प्रहरी कार्यालय सुगानिकासमा जम्मा भएको भीड र आक्रोशित स्थानीयहरूले बिहानै प्रहरी चौकी घेर्दै नाराबाजी गर्न थालेका थिए। यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर र रब्बरको गोली पनि प्रहार गरेको थियो।

प्रहरीको गोली लागेर तीन जना घाइते भएको स्थानीयले जनाएका छन्। आक्रोशित भीडले प्रहरीको गाडीमा आगजनी गरेका छन्।

६ पुस, २०८०, १२:३६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।