पर्यटनमन्त्रीलाई रविको प्रश्न- साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति जिम्मेवार पदमा कसरी बस्न मिल्छ?

पर्यटनमन्त्रीलाई रविको प्रश्न- साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति जिम्मेवार पदमा कसरी बस्न मिल्छ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति गैरजिम्मेवार र सामाजिक द्वेष फैलाउने अभिव्यक्ती भएको टिप्पणी गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत लामिछानेले ‘साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ?’ भन्दै प्रश्न समेत गरेका छन्।

उनले सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउँदै मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति पदीय गरिमा विपरीतको र खेदजनक भएको उनले उल्लेख गरेका हुन्।

‘संस्कृतिमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्।’

पुष ५, २०८० बिहीबार १२:१७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।