भारतमा अयोध्या मन्दिर उदघाटन हुनुअघि नै मुस्लिम समुदाय त्रासमा

भारतमा अयोध्या मन्दिर उदघाटन हुनुअघि नै मुस्लिम समुदाय त्रासमा

एजेन्सी : भारतीय दर्जी सफा मोहम्मद एक मन्दिरको उद्घाटनका लागि अर्को महिना हजारौं तीर्थयात्रीहरू आफ्नो गृह नगर अयोध्या आउनुअघि आफ्नी पत्नी र दुई छोरालाई अन्यत्र पठाउने योजनामा छन्।

हिन्दूहरूले भगवान रामको जन्मस्थल मान्ने ठाउँमा बनेको मन्दिर जहाँ एक पटक मुगल युगको मस्जिद उभिएको थियो, त्यसले मोहम्मदका लागि तीतो सम्झना गराउँछ। 

३८ वर्षीय मोहम्मद सम्झिन्छन्, जब हिन्दु भीडले डिसेम्बर १९९२ मा बाबरी मस्जिदलाई ध्वस्त पारेको थियो, देशभर धार्मिक दंगा फैलाएको थियो। त्यसबाट लगभग दुई हजार मानिसहरू मारिएका थिए। मोहम्मदका अनुसार त्यस दंगामा अधिकांश मुस्लिम थिए। मृत्यु हुनेमा उनका काका पनि थिए।

मन्दिरबाट केही मिटर टाढा रहेको आफ्नो घरमा सिलाई मेसिनमा काम गर्ने क्रममा उनले भने, ‘मेरो परिवारले पहिले नै धेरै कष्ट भोगेको छ। जुनसुकै बेला जे पनि हुन सक्छ।'

अयोध्या क्षेत्रमा पाँच लाख मुस्लिमसहित ३० लाख मानिसहरूको घर छ। अधिकारीहरूका अनुसार यी मुस्लिमहरू कम्तीमा एक दशकदेखि नव निर्मित राम मन्दिरको नजिकै बसोवास गर्दै आएका छन्। त्यसमध्ये केही बासिन्दाका अनुसार उनीहरू अझै पनि हिन्दु तथा आगन्तुकहरूदेखि डराउँछन्। किनभने कुनै पनि घटना सम्भावित रुपमा ठूलो घटनामा परिणत हुन्छ सक्छ भन्ने त्रासमा छन् उनीहरु।

कम्तीमा एक दर्जन मुस्लिम पुरुषहरूले जनवरी २२ मा हुने मन्दिरको उद्घाटन समारोहअघि आफ्ना परिवारलाई शहर बाहिर आफन्तहरूकहाँ पठाउने योजना बनाएका छन्।

‘उद्घाटनको वरिपरि के हुन्छ भनेर हामी भन्न सक्दैनौँ’, समुदायका मानिसहरू डराउँदै भन्छन्।

परवेज अहमद कास्मी अयोध्यामा इस्लामिक स्कुल चलाउँछन्। तीन दशक भन्दा अगाडि भएको दंगामा आफ्नो ससुरा गुमाएका थिए पहिले। अयोध्याका मुस्लिमहरूले भने अनुसार त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी) को सरकार आएपछि ठूलो हिंसा भएको छैन।

तीर्थयात्रीहरुबाट स्थानीय अर्थतन्त्रले पनि उनीहरूलाई मद्दत गर्ने छ। राम मन्दिरले अर्को वर्ष हुने आम चुनावमा हिन्दू राष्ट्रवादी बीजेपीलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

सर्वोच्च अदालतले जग्गाको विवाद अन्त्य गरी हिन्दू समूहलाई दिएको चार वर्षभन्दा बढी समयपछि मोदी आफैले मन्दिरको उद्घाटन गर्नेछन्।

४ पुस, २०८०, १५:५६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।