‘टुहुरो’का अभिनेता प्रकाश पाठकको निधन, आजै पशुपति आर्यघाटमा अत्यष्टी

‘टुहुरो’का अभिनेता प्रकाश पाठकको निधन, आजै पशुपति आर्यघाटमा अत्यष्टी

काठमाडौं : अभिनेता प्रकाश पाठकको मंगलबार बिहान निधन भएको छ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले अभिनेता पाठकको निधन क्यान्सरबाट भएको जानकारी दिए।

ललितपुरको जावलाखेलस्थित निवासमा निधन भएका पाठक ६ महिनादेखि क्यान्सरबाट पीडित थिए। उनको पार्थिव शरीरमा चलचित्र कलाकार संघको झण्डा ओढाइएको छ।

श्रद्धाञ्जलीका निम्ति चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डीसी, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतका कलाकारहरू आर्यघाट पुगेका थिए।

वि.सं. २००१ सालमा विराटनगरमा जन्मिएका अभिनेता पाठकले ‘मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन’ लगायत एक दर्जन फिल्ममा खलनायकको भूमिकामा अभिनय गरेका थिए।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

७९ वर्षको उमेरमा निधन भएका पाठकको शवमा छोराले दागबत्ती दिए। पाठकका श्रीमती, एक छोरा र एक छोरी छन्।

३ पुस, २०८०, १५:२२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।