भारतमा संसारकै ठूलो कार्यालय तथा व्यापारिक भवन निर्माण, प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने

भारतमा संसारकै ठूलो कार्यालय तथा व्यापारिक भवन निर्माण, प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने

काठमाडौं : भारतको गुजरातमा निर्माण भएको संसारकै ठूलो बहुद्देश्यीय भवनको आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन्।

अमेरिकी सुरक्षा मुख्यालय पेन्टागन भन्दा ठूलो सुरत डायमण्ड बोर्स नामको भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरूलाई निमन्त्रणा गरिएको बीबीसी हिन्दीले जनाएको छ। 

भवनमा चार हजार सात सयभन्दा बढी कार्यालयहरू रहन सक्नेछन्। ३५ अर्ब भारतीय रूपैयाँ लागत रहेको भवनको निर्माण सन् २०१५ को फेब्रुअरीमा सुरु भएर २०२२ को अप्रिलमा सम्पन्न भएको हो।

भवनमा सुरतको हीरा उद्योगले उत्पादन र व्यापार दुवैको लागि एउटै छानामुनि सबै थोक पाउन सकिने उद्देश्य राखेको बताएको छ। सुरतले विश्वको प्राकृतिक हीराको ९२ प्रतिशत उत्पादन गर्छ।

भवनको नाम संसारकै ठूलो भनेर गएको अगस्टमा गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको थियो।

यो भवन ६७ लाख वर्ग फिटमा फैलिएको छ। ६५ हजार मान्छे अट्ने यो भवन कुनै फुटबल रङ्गशाला जस्तै छ।

१ पुस, २०८०, १२:०२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।