सुर्तिजन्य पदार्थ बिक्री र सेवनको नियमन गर्न काठमाडौंमा नगर प्रहरी परिचालन

सुर्तिजन्य पदार्थ बिक्री र सेवनको नियमन गर्न काठमाडौंमा नगर प्रहरी परिचालन

काठमाडौं : काठमाडौं महानगपालिकाले आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ।

यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ।

काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ।

बुधबार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ।

सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ।

तर, काठमाडौं महानगरपालिकाले चालेको यो कदमप्रति व्यवसायी भने असन्तुष्ट देखिएका छन्।

बजार नभएको यो अवस्थामा महानगरले चालेको कदमले नेपालकै अर्थतन्त्रमा प्रभाव पर्ने कतिपय व्यापारीहरुको भनाई छ।

२८ मंसिर, २०८०, ०७:४७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।