प्राइम बैंक कर्मचारी संघको अध्यक्षमा पोखरेल चयन

काठमाडौं : प्राइम कमर्सियल बैंक कर्मचारी संघको अध्यक्षमा बुद्धिराज पोखरेल चयन भएका छन्।
मंसिर १६ मा काठमाडौंमा सम्पन्न तेस्रो केन्द्रीय अधिवेशनले पोखरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा धन बहादुर गोले, महासचिवमा शैलेश उप्रेती, सचिवमा बालकृष्ण राउत, कोषाध्यक्षमा राजेश मानन्धर अटाउँदा वरिष्ठ केन्द्रिय सदस्य दामोदर ढुङ्गाना चयन भएका हुन्।
त्यस्तै, समितिको केन्द्रीय सदस्यहरूमा खुलातर्फ बिवेक दली, मिलन विक्रम बस्नेत, राजेश दाहाल र रेवन्तराज नेपाल चयन हुँदा महिला केन्द्रीय सदस्यतर्फ स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रुचिमा लोप्चन निर्विरोध निर्वाचित भए।
नवनिर्वाचित समितिलाई बधाई दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजीव मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीहरूको मुख्य भूमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गरे।
मंसिर २०, २०८० बुधबार १४:०३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।