सिद्धार्थ अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमाथि कुटपिट

सिद्धार्थ अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमाथि कुटपिट

बुटवल : बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)का मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ।

सुत्केरीको मृत्युको विषयालाई मृतकका आफन्तले मेडिकल सुपरिटेन्डेन्ट बस्यालमाथि कुटपिट गरेका हुन्।

मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको उपचारको क्रममा मृत्यु भएको थियो।

रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तले डा. बस्यालमाथि हातपात गरेका हुन्। नवजात शिशु भने सकुशल रहेको अस्पताल व्यवस्थापनले जनाएको छ।

लुम्बिनी चिकित्सक संघका सचिव डा सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए। चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसम्म आफूहरू उपचार रोकेर विरोध गर्ने बताए।

कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ।

१३ मंसिर, २०८०, ०९:३८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।