टेकुको सरुवा रोग र सार्क क्षयरोग केन्द्रको निर्देशक बदलिए

टेकुको सरुवा रोग र सार्क क्षयरोग केन्द्रको निर्देशक बदलिए

काठमाडौं : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल  र सार्क क्षयरोग तथा एचआईभी-एड्सको निर्देशकको सरुवा गरेका छन्।

टेकुको निर्देशकमा डा. युवानिधि बसौला आएका छन्।

भदौमा डा. बसौलालाई हटाउँदै स्वास्थ्य मन्त्री बस्नेतले कान्तिको निर्देशकमा डा. पङ्कज रायलाई नियुक्ति गरेका थिए। तर, डा. बसौला कान्ति अस्पतालमा नै कार्यरत थिए।

टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलको सार्क क्षयरोग तथा एचआईभी-एड्सको निर्देशकमा सरुवा भएको छ। दुई वर्ष अघि तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले डा. रावललाई टेकु अस्पतालको निर्देशकको जिम्मेवारी दिएका थिए।

सार्क क्षयरोग तथा एचआईभी-एड्सको निर्देशक डा. रोशन न्यौपानेको वीर अस्पतालमा सरुवा भएको छ।

११ मंसिर, २०८०, १९:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।