मलेसियाले चीन र भारतका नागरिकलाई ३० दिनसम्म विना भिसा प्रवेश दिने

मलेसियाले चीन र भारतका नागरिकलाई ३० दिनसम्म विना भिसा प्रवेश दिने

एजेन्सी : मलेसियाले चीन र भारतका नागरिकलाई विना भिसा प्रवेशको अनुमति दिने भएको छ।

विना भिसा मलेसिया जाने भारत र चीनका नागरिक त्यहाँ ३० दिनुसम्म बस्न पाउनेछन्। यो नियम डिसेम्बर १ गतेदेखि लागू हुनेछ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आइतबार राति जनता न्याय पार्टी कांग्रेसलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

तर, यो नियम कहिलेसम्म लागु हुन्छ भन्नेबारे उनले केही खुलाएनन्।

सरकारी तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि जुनसम्म मलेसियामा ९० लाख १६ हजार पर्यटक आएकामा झण्डै लाख ९८ हजार चीन र २ लाख ८४ हजार भारतका थिए।

तर महामारी अघि, २०१९ मा सोही अवधिमा चीनबाट १५ लाख र भारतबाट ३ लाख ५४ हजार मानिस मलेसिया गएका थिए।

अब मलेसियाले पर्यटकको संख्या बढाउन यस्तो निर्णय गरेको हो।

यस वर्ष थाइल्याण्डले पनि पर्यटक प्रवर्द्धनका लागि भारत र चीनका नागरिकलाई नि:शुल्क भिसा दिन थालेको थियो।

११ मंसिर, २०८०, १०:५०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।