चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु

चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु

काठमाडौँ : नेपाल  चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (थर्ड एनएमए नेशनल हेल्थ समिट–२०२३) आइतबाट राजधानीमा सुरु भएको छ। सम्मेलन आइतबार र सोमबार दुई दिन चल्नेछ। सो सम्मेलनमा विभिन्न सा विषयमा छलफल हुनेछ।

दुई दिने सम्मेलनले ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती ’भन्ने मुख्य सन्देश रहेको छ। सम्मेलनमा दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती जस्ता विषयमा छलफल भइरहेको छ।

त्यसैगरी सम्मेलनमा सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थतन्त्र, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग, समान सेवाका लागि स्वास्थ्य प्रणाली जस्ता विषयमा केन्द्रित रहेर छलफलका कार्यक्रम तय भएका थिए र त्यही अनुसार छलफल भइरहेको छ।

सो सम्मेलनपछि वैज्ञानिक रूपमा प्रस्तुत गरिएको कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरेर रणनीतिमूलक नीतिगत सुझाव तयार गरिने नेपाल चिकित्सक सङ्घले जनाएको छ। ती निचोड तथा सुझावलाई सरकार तथा देशका सरोकारवाला निकायमा सम्प्रेषण गरिने सङ्घले जनाएको छ।

असोजमा गर्ने भनिएको सो सम्मेलन स्थगित भएपछि आइतबारबाट सुरु भएको हो।

१० मंसिर, २०८०, २१:२०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।