चिकित्सा शिक्षा आयोगले पिजी परीक्षा माघ २० गतेदेखि लिने

चिकित्सा शिक्षा आयोगले पिजी परीक्षा माघ २० गतेदेखि लिने

काठमाडौं : चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा आगामी माघ २० गतेदेखि सुरु गर्ने भएको छ।

आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिए।

उनका अुनसार एमडी, एमएस र एमएसी नर्सिङ, एमएसी मिडवाइफ्री नर्सिङ र एमडी आयुर्वेदाको परीक्षा माघ २०  गते सम्पन्न हुनेछ।

यसैगरी जनस्वास्थ्य स्नातकोत्तर तह र एमफिल एन्ड क्लिनिकल फिजियोलोजीको प्रवेश परीक्षा माघ २१ गते सम्पन्न हुनेछ।

स्नातकोत्तर डेन्टल सर्जरी तह, स्नातकोत्तर फार्मेसी, एमएसी बायोकेमेस्ट्री र स्नातकोत्तर फिजियोथेरापी तहको परीक्षा मङ्सिर २२ गते हुने भएको छ।

डा. झाले आयोगले लिने प्रवेश परीक्षाका लागि मङ्सिर ६ देखि पुस ६ गतेसम्म अनलाइन आवेदन दिनुपर्ने बताए।

३ मंसिर, २०८०, ०९:१०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।