तीन दिनको बिदापछि खुल्दा ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं : तिहारको तीन दिनको बिदापछि शुक्रबार खुलेको बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
तिहारअघि सोमबारको तुलनामा सुनको मूल्य तोलामा २३ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुनको मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँ प्रतितोला हुँदा तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ रहेको महासंघले जनाएको छ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख १३ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १२ हजार ६५० रुपैयाँ थियो।
चाँदी भने गत सोमबार १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको थियो।
मंसिर १, २०८० शुक्रबार ११:५५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।