झापामा जुवाको खालबाट १५ जना पक्राउ, १ लाख ३५ हजार रूपैयाँ बरामद

झापामा जुवाको खालबाट १५ जना पक्राउ, १ लाख ३५ हजार रूपैयाँ बरामद
फाइल तस्बिर

झापा : झापामा जुवाको खालबाट १५ जना पक्राउ परेका छन्।

गौरादह नगरपालिका-३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय टंक बराल समेत १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो।

उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको छ।

मंसिर १, २०८० शुक्रबार ११:२७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।