बुटवल बजार घुमेर नेवार समुदायले मनाए नेपाल सम्वत् ११४४ (तस्बिरहरू)

बुटवल बजार घुमेर नेवार समुदायले मनाए नेपाल सम्वत् ११४४ (तस्बिरहरू)

बुटवल : ‘हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो पहिचान सम्पूर्ण नेवारहरू एक हौँ’- भन्ने नारासहित बुटवलमा नेवार समुदायहरूले नेपाल सम्वत् ११४४ मनाएका छन्।

बुटवलका १५ वटा नेवा समितिहरूको संयुक्त आयोजनामा मंगलबार र्यालीसहित बुटवल बजार परिक्रमा गरि दिवस मनाएका हुन्।

कुमारी, पञ्चकन्या, लाखे, बाजागाजा, झाकी र ब्यानरसहित विशाल र्याली बुटवल-११ माझगाउँबाट सुरू भई ईट्टाभट्टी, कालिकानगर, होराइजनचोक, देविनगर हुँदै पुन: नेवा सेवा समितिको सचिवालय माझगाउँमै पुगेर समापन गरिएको थियो।

नेवा सेवा समिति माझगाउँका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवार समुदायलाई एकतावद्ध गरि नेवा कला, संस्कृतिलाई जगेर्ना गर्दे उद्देश्यका साथ संस्थागत रुपमा कार्यक्रम गरिनु उदाहरणीय भएको बताए।

यसैगरी सचिव डिल्लीराम श्रेष्ठले गुठी परम्परा मान्दै आएका नेवार समुदायहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।

र्यालीमा विभिन्न नेवा समितिहरूको सहभागिता थियो।

२८ कात्तिक, २०८०, १०:२१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।