निर्देशक बबिताको प्रसव पीडा र खुसी : व्यथा लाग्छ कि भनेर जति कुर्दा पनि लागेन, अनि मात्रै बच्चा निकाल्यौँ
म्युजिक भिडियो निर्माणमा निर्देशक बबिता श्रेष्ठ चलेको नाम हो। उनी म्युजिक भिडियो समाजको कोषाध्यक्ष र लोक दोहोरी प्रतिष्ठान ललितपुर समितिको सल्लाहकार पनि हुन्। करिब आठ सय म्युजिक भिडियो निर्देशन गरिसकेकी उनी अहिले भने केही समय विश्राममा छिन्।
काठमाडौं उपत्यकाको नेवार परिवारमा जन्मिएकी उनको रुचि कला क्षेत्रमा आउने थिएन। तर, २०५२/५३ सालमा उनले डीभीडी र भीसीडीको पसल राखिन्। पसलमा कलाकारहरू आउन थालेसँगै संगत त्यतैतिर भयो। समयक्रमसँगै व्यापारमा मन्दी लाग्न थालेपछि उनी म्युजिक भिडियो निर्माणमा लागिन्।
युट्युबको दबाब बढेपछि त झन् उनी आफैँ पनि पसलको सम्पूर्ण काम छाडेर यसमै लागिन्। आफ्नै ‘प्रियसी म्युजिक प्रालि’ नामक रेकर्डिङ्ग स्टुडियो खोलिन्। बबिता एक सन्तानकी आमा पनि हुन्। कुनै समय ‘बाँझ’ भनेर सम्म सुन्न परेकी उनले आफ्नो मातृत्व अनुभव उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा यसरी साटिन्।
०००
०७२ सालमा मेरो अन्तरजातीय विवाह भयो। अहिले पनि समाजमा अन्तर्जातीय विवाह गर्नेहरूको लागि धेरै गाह्रो नै छ। मागेर नै विवाह गरे पनि आमाबा बाहेक परिवारका अन्य सदस्य र छरछिमेकले हामीलाई स्वीकार्नु भएको छैन।
उहाँ क्षेत्री अनि म चाहिँ नेवार। घरपट्टि त त्यस्तो केहि रोकटोक भएन तर हाम्रो नेवारहरूमा त धेरै भोज हुने गर्छ। त्यसमा हामीलाई अहिले पनि बोलाइँदैन। त्यस्तो हुँदा नराम्रो त लागिहाल्ने रहेछ।
यहि कला क्षेत्रको मान्छेहरूले ‘बाँझ’सम्म भनेको पनि सुन्नपर्यो। त्यतिबेला एकदम नराम्रो लाग्थ्यो।
विवाह भएको अर्को म वर्ष नै गर्भवती भएँ। पहिलोपटक गर्भवती हुँदा घरमा सबै जना खुशी थियौँ। करिब एक महिनातिर हामी उहाँको गाउँ गयौँ। धादिङ नै भए पनि धेरै हिँड्नुपर्ने रहेछ।
म काठमाडौंमा हुर्किएकाले कतै पनि हिँड्ने बानी थिएन। त्यतिबेला गाडी पनिग गुडेको थिएन। हिँड्दा-हिँड्दै मेरो त रगत बग्न थाल्यो। आत्तिएर काठमाडौँ फर्किएर जाँच गराउँदा गर्भपात भइसकेको रहेछ।
गर्भवतीको पहिलो तीन महिना त पूरै संवेदनशील हुने रहेछ। धेरै बल पुग्ने कामहरू नगर्नपर्ने रहेछ। त्यसबेला केहि पनि थाहा भएन। थाहा नभएपछि धेरै गाह्रो हुने।
करिब डेढ महिना पनि नहुँदै मेरो गर्भपात भयो। टिचिङ हस्पिटल गयौँ। त्यस्तो अवस्थामा झन् हस्पिटलको अमानवीय व्यवहार पनि भोग्नुपर्योह। म त रोइरहेकै थिएँ। बच्चाको मात्र माया लागिरहेको थियो। रगत निकालेको देखेर पनि खुब रोएँ।
हस्पिटलमा ‘तपाईंको नर्मल डेलिभरी हुने सम्भावना छैन। डेलिभरी गरिहाल्न पर्छ। नत्र पानी सुकेपछि बच्चालाई गाह्रो हुन्छ’ भन्यो। व्यथा लाग्ला कि भनेर केहिबेर पर्खियौँ पनि। तर अहँ लागेन। पानी चैँ बगेको बग्यै भयो।
त्यसपछि अर्को नानीको योजना बनाउन केही समय लाग्यो। म आफैँ मानसिक रूपमा विक्षिप्त भएको थिएँ। केहि वर्ष त हाम्रो नानी हुँदै भएन। त्यसबेला यहि कला क्षेत्रको मान्छेहरूले ‘बाँझ’सम्म भनेको पनि सुन्नपर्यो। त्यतिबेला एकदम नराम्रो लाग्थ्यो।
बच्चा नभएपछि हस्पिटल जाने हाम्रो प्लान थियो। देउतालाई पनि खुब पुज्यौँ। श्रीमानले छाब्दी बाराही मन्दिरमा प्राथना पनि गर्नुभयो। यस्तो कुराको विश्वास त लाग्दैन। तर, अप्ठ्यारो पर्दा त भगवानकै देनजस्तो पनि लाग्छ।
करिब चार वर्षपछि म फेरि गर्भवती भएँ। त्यसबेला पनि हामी एकदमै खुसी भयौँ। कोरोनाको समयमा नानी जन्माएको थिएँ। लकडाउन चलिरहेको थियो। त्यसबेला त तीन महिना पूरै आराम गरेँ।
आफैँलाई बढी ध्यान दिएँ अनि पछि बिस्तारै कसरतहरू गरेँ। हल्का वान्ता भयो। तर, मासुको गन्ध चैँ फिटिक्कै मन परेन। गर्भवतीको पूरै समय मैले मासु खाँदै खाइनँ। बरू मुला बेसरी खान मन लाग्थ्यो। मुला एकदम धेरै खाएँ।
कमजोर भएर हो कि बेहोस चैँ एकदम धेरै हुने गर्थेँ म। खुट्टाहरू एकदम सुन्नियो। गर्भवतीको समयमा पेट, खुट्टा एकदम चिलाउँछ भन्थे अरूले मलाई त्यस्तो केही भएन।
छ/सात महिना देखि त बेबीले किक गरेको पनि अनुभूति गरेँ। म त दुखेर लड्थे। कस्तो चल्ने रहेछ, यता बाट उता। पेटमा त खुट्टाको डोबनै देखिने रहेछ। पेट ठूलो भएको भएर मैले प्रत्यक्ष त देखिनँ। तर, घरमा अरुले देख्नुभयो। एकदम खुसीको क्षण रह्यो त्यो पनि।
शल्यक्रियाको घाउ त पछि पो दुख्न थाल्यो। दायाबायाँ फर्किन नमिल्ने। खोक्न र हाछिउँ गर्न पनि एकदम गाह्रो हुने।
मैले डाक्टरले तोकेको समयअघि नै नानी जन्माएँ। केहि व्यथा लागेको थिएन। तर, पानी एकदम बग्यो। कतै दुखेको पनि थिएन। पानी बगेको बग्यै गरेपछि हस्पिटल गयौँ।
हस्पिटलमा ‘तपाईंको नर्मल डेलिभरी हुने सम्भावना छैन। डेलिभरी गरिहाल्न पर्छ। नत्र पानी सुकेपछि बच्चालाई गाह्रो हुन्छ’ भन्यो। व्यथा लाग्ला कि भनेर केहिबेर पर्खियौँ पनि। तर अहँ लागेन। पानी चैँ बगेको बग्यै भयो।
त्यसको केहि घण्टामै शल्यक्रिया भयो। सुई लगाएपछि कम्मर भन्दा तल केहि महसुस भएन।
‘तपाईंलाई फिल भयो?’ भनेर सोधिरहनु भएको थियो।
मैले केहि महसुस गरिनँ। पछि नानी निकालेर एकैपटक छातीमा टसाउनुभयो अनि च्याप्नुस् भन्नुभयो। यसो हेर्दा त रगत नै रगत सेतो। सानो नानी। अर्कै खालको अनुभूति थियो त्यो त!
आफ्नो बच्चा पहिलोपटक छातीमा टसाउँदाको अनुभूति त स्वर्गमै गएको जस्तो हुने रहेछ। त्यसपछि के भयो भनेर सोधेँ, छोरी भयो भन्नुभयो। अनि मलाई होस नै छैन।
होस् मा आउँदा त म अर्कै रूममा थिएँ। पानी धेरै गएको भएर नानीलाई छुट्टै राखिएको रहेछ। एकछिन भए पनि हेरौँ न भनेर म त रोएको थिएँ। परबाट हेर्न दिनुभएको थियो। छ दिनपछि मात्र भेट्न दिएको। त्यति दिनसम्म स्तनपान नै गराउन पाइनँ।
शल्यक्रियाको घाउ त पछि पो दुख्न थाल्यो। दायाबायाँ फर्किन नमिल्ने। खोक्न र हाछिउँ गर्न पनि एकदम गाह्रो हुने। त्यसले गर्दा सुत्केरी अवस्थामा खान्की पनि बार्नपर्यो। घाउ पाक्न थालेपछि त सुत्केरी स्याहार पनि धेरै राम्रो गर्न पाइनँ।
अहिले त स्कुल जाने भइसकिन्। उसलाई हामीले बेसिक कुरा घरबाट नै सिकाएर पठायौँ। कखरा र एबिसी उसलाई स्कुल जानुभन्दा अगाडि नै आइसकेको थियो।
त्यै भएर होला अहिले बेला-बेला कम्मर दुख्ने, पैताला दुख्ने हुन थालेको छ। मेरो खान्की नपुगेपछि नानीलाई पनि दूध पुगेन। तीन महिनासम्म स्तनपानमा एकदम गाह्रो भयो। घरि सुन्निने, गानिने हुने रहेछ। पम्पले पनि तान्न पर्योि। साढे तीन वर्ष भइसकिन् तर अहिले पनि उनी दूध खोज्छिन्।
मेरो यो पूरै अवस्थामा मलाई आमाले एकदम साथ दिनुभयो। फेरि घरमा कसैले पनि शल्यक्रियाबाट बच्चा पाएको थिएन। आमा त घाउ हेर्दै अनुहार मलिन बनाउनुहुन्थ्यो। त्यसबेला मैले आमालाई झन् अर्कै महसुस गरेँ।
मलाई मेरो आमाको पनि झन् बढी माया लाग्न थाल्यो। एउटा आमालाई आमा बन्नको लागि आमाको पनि ठूलो भूमिका हुने रहेछ भन्ने थाहा पाएँ।
लकडाउनको समय भएर मैले नानीलाई एकदम धेरै समय दिन पाएँ। त्यै भएर पनि सानो-सानो कुराहरूको प्रत्यक्ष अनुभूति गरेको छु। सात महिना देखिनै उसले बोल्न थालेको मलाइ याद छ। ऊ हिँड्न थालेको, दाँत आएको सबै मैले अनुभव गरेको छु।
अहिले त स्कुल जाने भइसकिन्। उसलाई हामीले बेसिक कुरा घरबाट नै सिकाएर पठायौँ। कखरा र एबिसी उसलाई स्कुल जानुभन्दा अगाडि नै आइसकेको थियो।
नानी आएपछि हामी श्रीमान्-श्रीमतीको सम्बन्ध पनि झन् बलियो भएको महसुस हुन्छ। नानी दुई वर्ष भएपछि मैले फेरि कामलाई निरन्तरता दिएँ। नानी पनि अहिलेदेखि नै कलामा रम्न थालेको देख्छु।
तर, हाम्रो चैँ सकेसम्म कला क्षेत्रमा फोकस नगराउने प्लान छ। सिकाउन चैँ सबै सिकाउने। रुचिलाई नै रोक्ने त होइन। तर, कला क्षेत्रको संघर्षको पाटो बेग्लै छ।
नानी अझै धेरै सानो छ। भर्खर त म ऊसँग रम्दै छु। मैले ऊसँगको धेरै कुराहरू अनुभव गर्न बाँकी नै छ। अहिले त कतै नजाउँ। ऊसँगै बसिरहुँ भन्नेजस्तो लाग्ने रहेछ।
नानीलाई बलियो बनाउन मन छ। उसलाई आफ्नो दु:ख केहि लुकाउदिनँ। केहि अभाव, केहि दु:खमा हुर्काउने सोच छ।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
कात्तिक २६, २०८० आइतबार १३:१६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।