निजी मेडिकल कलेजले भूकम्पपीडित घाइतेको निःशुल्क उपचार गर्ने

निजी मेडिकल कलेजले भूकम्पपीडित घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौं : निजी मेडिकल तथा डेन्टल कजेलहरूको छाता संगठन ‘एसोसियसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल’ले जाजरकोटका भूकम्पपीडित घाइतेको निःशुल्क उपचार गर्ने भएको छ।

नेपाल सरकारको एकद्वार प्रणालीबाट सहयोग गर्न गरेको निर्णय अनुसार एसोसियसन अर्न्तगत रहेका १५ मेडिकल कलेज र २ वटा डेन्टल कलेजमा आएका घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र मानसिंह कार्कीले जानकारी दिए।

एसोसियसनले सरकारले यस एसोसियसनलाई सहयोगका लागि पत्राचार गरेमा यस एसोसियसन स्वास्थ्य क्षेत्रमा सबै प्रकारको निःशुल्क सहयोग गर्न प्रतिबद्ध रहेको समेत जानकारी गराएको छ।

२१ कात्तिक, २०८०, १३:४०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।