काभ्रेको स्वास्थ्य केन्द्रलाई कानको २० लाखको सामग्री सहयोग

काभ्रेको स्वास्थ्य केन्द्रलाई कानको २० लाखको सामग्री सहयोग

काठमाडौं : कोइका अल्मुनाई एशोसिएसन नेपाल (कान)ले काभ्रेको प्राथमिक स्वास्थ्य केन्द्रलाई २० लाख रूपैयाँको सहयोग गरेको छ।

कोइका नेपालको सहयोगमा अस्पताल सहायता कार्यक्रम अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रयोग गर्ने गरी २० लाख रूपैयाँको सामग्री सहयोग गरेको हो।

अल्ट्रासोनोग्राफी, ईसीजी, फेटल डोपर, पोर्टेबल ओटी लाइट, डिजिटल रक्तचाप मेसिन र ग्लुकोमिटर लगायतका सामग्रीहरू नगरपालिकाका उपमेयर सूर्यमाया दनुवार र अस्पताल व्यवस्थापन समिति अध्यक्ष रामशरण दुलाललाई हस्ताक्षर गरिएको हो।

यसैगरी कानले पाँचखाल नगरपालिकास्थित सर्वमंगला उच्च माध्यमिक विद्यालयलाई महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड भण्डारण र निकाल्नको लागि सजिलो हुने प्याड भेन्डिङ्ग मेशिन र प्रयोग भएको स्यानिटरी प्याड नष्ट गर्ने इन्सिनरेटर मेसिन दुई-दुई थान हस्तान्तरण गरेको छ।

२० कात्तिक, २०८०, २०:११:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।