मध्यरातको भूकम्पको कहर सात तस्बिरमा

मध्यरातको भूकम्पको कहर सात तस्बिरमा
तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

शुक्रवार राति गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा ठुलो जनधनको क्षति भएको विवरण सार्वजनिक भइरहेका छन्। अहिलेसम्म १२८ जनाको मृत्यु भएको सरकारी निकायले पुष्टि गरिसकेको छ। १ सय ४०  जना बढी घाइते भएका छन्। 

मध्यरातमा भूकम्प जाँदा ठुलो क्षति भएको हो। भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिकित्सकीय टोली लिएर आफैँ पुगेका छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी तथा उद्धारसँगै उपचारका लागि चिकित्सकीय टोली समेत परिचालन गरेको छ।

शुक्रवार राति ११ : ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४  म्याग्चिच्युडको भूकम्प गएको थियो। मध्यरातको भूकम्पको कहर सात तस्बिरमा

१८ कात्तिक, २०८०, ०८:३३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।