एनआरएनमा विवाद, कुटपिटपछि अब प्रहरीमा उजुरी

एनआरएनमा विवाद, कुटपिटपछि अब प्रहरीमा उजुरी

काठमाडौँ : गैर आवासीय नेपाली संघको दुई समितिका अध्यक्षबिचको विवाद झगडामा बदलिएर प्रहरी कार्यालयमा पुगेको छ। एनआरएनको बद्री केसी र आरके शर्माबिचको विवाद कुटाकुटमा पुगेपछि उनीहरूले एक अर्कालाई कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका हुन्।

शर्मा समूहले मङ्गलवार उजुरी दिएको थियो। लगत्तै केसी समूहले समेत शर्मा समूहले नै उजुरी दिएको प्रहरी वृत्त दरबारमार्गमा निवेदन दिएका हुन्। मङ्गलवार बालुवाटारस्थित एनआरएनएको केन्द्रीय कार्यालयमा दुवै पक्षका समर्थकबिच कुटाकुट भएको थियो।

संघको ११ औँ महाधिवेशनको निर्वाचन परिणाम विवादमा परेपछि केसीले अध्यक्षको पदभार ग्रहण गरे लगत्तै शर्मा समूहले समानान्तर समिति बनाएको थियो। दुवै पक्षले एनआरएनको केन्द्रीय कार्यालय कब्जाको प्रयास गरिरहेका छन्।

दुबैपक्षका समर्थक एक अर्का विरुद्ध उग्र देखिएका छन्।

१५ कात्तिक, २०८०, १२:३८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।