बुटवलमा हतियार नचाएर सराय (फोटो फिचर)

बुटवलमा हतियार नचाएर सराय (फोटो फिचर)
तस्बिर : विकास पराजुली

बुटवल : कोजाग्रत पूर्णिमाको अवसरमा लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा मनाइने विशेष सराय नाच बुटवलको देबिनगरमा पनि देखाइएको छ। 

नवदुर्गा मन्दिर समितिको आयोजनामा देखाइएको सराय नाचमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी प्रदर्शन गरिएको थियो। 

पहेँलो जमराको माला घाँटीमा सिउरिएर खुँडा, भाला, तरबार, खुकुरी, लौरा र फूल छोपेर युद्धको झल्को दिने गरी सराय नाच नाचिने गरिन्छ। 

किंवदन्तीअनुसार भगवान रामले रावण लगायतका राक्षसको बध गरी मानवजातिलाई मुक्ति दिलाएको खुसीयालीमा असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा सराय नाच्न थालिएको इतिहासकार झपेन्द्र जिसीले बताए।

यसरी नाच्दा देवी भगवती प्रशन्न हुने धार्मिक जनविश्वास छ। अर्घाखाँची, गुल्मी र प्युठान यो नाचका लागि प्रख्यात मानिन्छ। 

अर्घाखाँचीको अर्घा, भण्डारथुम, गुल्मीको इम्मा, अर्जै पोखराबारी चोयगालगायतका कोटहरूमा दशैंदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ।

फोटो फिचर :

११ कात्तिक, २०८०, १५:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।