ललितपुर महानगरमा ५० नगर प्रहरीका लागि जागिर खुल्यो

ललितपुर महानगरमा ५० नगर प्रहरीका लागि जागिर खुल्यो

काठमाडौं : ललितपुर महानगरपालिकाले ५० नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको छ।

महानगरले शनिबार सार्वजनिक सूचना निकालेर इच्छुकलाई १५ दिनभित्र दरखास्त दिन आग्रह गरेको हो।

महानगरले खुला २८, महिला ९, आदिवासी जनजाति ८, दलित २, थारु, मधेशी र पिछडिएको क्षेत्रबाट एक–एक गरी ५० जनाको जागिर खुलाएको हो।

दरखास्त कात्तिक २४ गते कार्यालय समयभित्र बुझाइसक्नुपर्नेछ भने मंसिर ४ गते कार्यालय समयभित्र सम्पर्क गर्नुपर्नेछ।

तहविहीनका लागि खुलाएको जागिरमा दरखास्त दिन ८ कक्षा उत्तीर्ण गरेको, १८ वर्ष पूरा भई ३० वर्ष नाघेको हुनुपर्नेछ।

तर, पूर्वसैनिक तथा प्रहरीको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

११ कात्तिक, २०८०, ०९:२४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।