बाध्यतामा बनेको नि:शुल्क भ्यू टावर (तस्बिरहरू)

बाध्यतामा बनेको नि:शुल्क भ्यू टावर (तस्बिरहरू)

काठमाडौं : २०७२ वैशाख १२ गतेपछि धेरै नेपालीकाे जीवन परिवर्तन भयो।

मध्यान्ह ११ बजेर ५६ मिनेटमा आएको महाभूकम्पले कतिकाे परिवार खोस्यो भने कतिकाे बास अनि कतिको व्यवसाय।

त्यहिमध्येको एक हो काठमाडौंको शंकरापुर-२ भोटेचौरमा बनेको हेवन हिल खाना तथा खाजा घर।

भूकम्पअघि हिमाली दृश्यावलोकन गर्न मानिसहरू त्यहाँ पुग्थे र खानपिन गरेर फर्कन्थे। तर अहिले दृश्यावलोकनका लागि मात्र मानिसहरू त्यहाँ पुग्ने गरेका छन्।

खाना तथा खाजा घरको बोर्ड मात्र छ। भूकम्पअघिसम्म निकै चलेको हेवन हिल अहिले भोटेचौर क्षेत्रको भ्यूटावर समान बनेको छ।

भूकम्पले खाजा घरमा क्षति पुर्याएपछि अहिले सञ्चालनमा छैन।

साँखु, जरसिंहपौवा, भोटेचौर हुँदै हिँड्ने यात्रुका लागि अहिले यो भ्यूटावर समान बनेको छ। त्यहाँबाट हिमालको दृश्य एकदमै सुन्दर देखिन्छ।

१० कात्तिक, २०८०, १०:५७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।