राष्ट्रपति पौडेलद्वारा काठमाडौंका शक्तिपीठको दर्शन (तस्बिरहरू)

राष्ट्रपति पौडेलद्वारा काठमाडौंका शक्तिपीठको दर्शन (तस्बिरहरू)

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले, बडादशैँ अन्तर्गत महाअष्टमी पर्वका अवसरमा काठमाडौंका विभिन्न शक्तिपीठको दर्शन गरेका छन्।

राष्ट्रपति पौडेलले आइतबार नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठ पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्।

राष्ट्र प्रमुखको हैसियतमा हरेक वर्ष राष्ट्रपतिले उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ।

यसअघि राष्ट्रपति पौडेलले पत्नी सवितासहित काभ्रेस्थित पलाञ्चोक भगवतीको समेत  दर्शन तथा पूजाअर्चना गरेका थिए।

५ कात्तिक, २०८०, २०:१८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।