बैकुण्ठे भीरबाट जीप खस्दा छ जनाको मृत्यु, एक जना घाइते

बैकुण्ठे भीरबाट जीप खस्दा छ जनाको मृत्यु, एक जना घाइते

बुटवल : पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना भएको छ।

वाग्मती प्रदेश ०१-०२६ च ७२०९ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन्।

ज्यान गुमाउनेकाे परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।

पर्यटकीय स्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट जीप खाेलामा खसेकाे प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा उद्धारको काम चलिरहेको छ।

कात्तिक ५, २०८० आइतबार १९:५२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।