घर पुग्ने चटारो (फोटोफिचर)

घर पुग्ने चटारो (फोटोफिचर)

बुटवल : बुटवल बसपार्कमा बडादशैं मनाउन गाउँ जानेको लर्को लागेको छ। फूलपाती लगत्तै गाउँ जानेहरूको भीड बसपार्कमा बढेको हो।

रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेकाहरू यति बेला बेलहिया नाका हुँदै दशैं मनाउन स्वदेश फर्किएका छन्। गाउँ जानेहरूले बसपार्कमा छुट्टै चहलपहल बढाएको छ।

चाडपर्व मनाउन घर जान हिँडेकाहरूलाई आवश्यक सहयोग गर्न बुटवल बसपार्कमा यात्रु सहायता कक्ष बनाइएको छ। स्वास्थ्य परीक्षणको पनि बस्दोबस्त मिलाइएको छ।

यात्रु सहयता कक्षमा टिकट नपाएको, एउटै टिकट दुई व्यक्तिका नाममा काटिएको, झोला साटिएको, हराएका गुनासो आएको प्रहरीले बताएको छ।

बुटवल बसपार्क हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची क्षेत्रमा जानेहरूको भीड बढी छ। त्यसबाहेक प्यूठान, स्याङ्जा, पोखरा, बागलुङ, दाङ लगायतका जिल्लामा जाने यात्रुहरू पनि उत्तिकै छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण पछाइले यात्रुहरूले सहज रूपमा यात्राका लागि सहजीकरण गरिरहेको बताए।

५ कात्तिक, २०८०, १०:१६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।