उपत्यका छाड्नेको चापले अस्तव्यस्त कोटेश्वर (तस्बिरहरू)

उपत्यका छाड्नेको चापले अस्तव्यस्त कोटेश्वर (तस्बिरहरू)

काठमाडौं : बडादशैंको सातौं दिन फूलपातीमा काठमाडौं उपत्यका छाड्नेको भीड अझ बढेको छ।

शुक्रबारसम्म कार्यालय भएकाहरू पनि आज बिहानैबाट बाहिरिने क्रम सुरु भएको छ।

दशैंको बिदा पनि आजबाट नै सुरु हुने भएकाले काठमाडौं छाडेर गाउँघर जानेहरूको भीड बढेको हो।

शनिबार बिहान काठमाडौंको कोटेश्वर पुग्दा त्यस्तै दृश्य देखियो। मानिसहरू बिहानैदेखि कोटेश्वर पुगेर गाडी कुर्दैछन्।

बिहानैदेखि बढेको भीडका कारण कोटेश्वर क्षेत्र अस्तव्यस्त देखिएको छ।

४ कात्तिक, २०८०, ०९:०५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।