एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ।

यो प्याक सञ्चालनमा आएसँगै एनसेलका ग्राहकले करसहित एक सय रुपैयाँमा आफू जहाँ भएपनि लामो समयासीमासहित मोबाइल डेटाको फाइदा लिनसक्ने कम्पनीको विश्वास छ।

यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ। ग्राहकहरूले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त जानकारीअनुसार यो प्याक सुचारु गर्न सक्छन्।

यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ। ग्राहकले अब कर सहित एक सय ९१ रुपैयाँमा सात दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन्। ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ५ एष्ट्रिक्स ६ ह्यास डायल गरेर यो प्याक लिन सक्छन्।

त्यस्तै, कर सहित चार सय ४९ रुपैयाँमा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिनसम्म १.५ जीबी डेटा लिन सक्छन्। यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन्। २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ५ एष्ट्रिक्स ७ ह्यास डायल गरेर लिन सकिन्छ।

असोज १५, २०८० सोमबार १९:५८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।