बगलामुखी माताको नवौँ रथयात्रा, गणेशसँग भेटघाट (फोटो फिचर)

बगलामुखी माताको नवौँ रथयात्रा, गणेशसँग भेटघाट (फोटो फिचर)

काठमाडौं : काठमाडौंको मैजुबहालमा रहेको बगलामुखी मन्दिरको मूर्ति प्रतिस्थापन र प्राण प्रतिष्ठाको नवौँ वार्षिकोत्सवको उपलक्ष्यमा रथ यात्रा गरिएको छ। 

बगलामुखी मन्दिर संरक्षण तथा व्यवस्थापन समाजले रथयात्रा, धार्मिक अनुष्ठानसहित नवौँ वार्षिकोत्सव मनाएको हो। 

समाजले हरेक वर्ष प्राणप्रतिष्ठा भएको दिन रथ यात्रा निकाल्दै आएको छ। 

बगलामुखी मन्दिर प्राङगणबाट सुरु हुने रथयात्रा गौरिघाट, चावहिल, गणेशथान मन्दिरहुँदै प्राङगणमै आएर समापन हुने गरेको छ।

काठमाडौं मैजुबहालका स्थानीयवासीले सार्वजनिक जग्गाको संरक्षण गर्दै नौ वर्ष अगाडि बगलामुखीको भव्य मन्दिर निर्माण गरेका थिए। समाजले अक्षय कोष बनाएर धार्मिक अनुष्ठान र सामाजिक गतिविधि गर्दै आएको छ।

फोटो फिचर :

असोज ११, २०८० बिहीबार १५:३७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।