चलचित्र निर्देशक समाजको नेतृत्वमा अरुण कुमार प्रधान, ६३ मतान्तरले विजयी

चलचित्र निर्देशक समाजको नेतृत्वमा अरुण कुमार प्रधान, ६३ मतान्तरले विजयी

काठमाडौं : चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अरुण कुमार प्रधान अध्यक्ष पदमा निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धी जनकदीप पराजुलीलाई ६३ मतको भारी अन्तरले पराजित गर्दै प्रधानले आगामी कार्यकालका लागि नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।

कुल १५९ मत खसेको निर्वाचनमा विजयी प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मतमा चित्त बुझाए।

निर्वाचन परिणामअनुसार समाजको दुई उपाध्यक्ष पदमा सुभास गजुरेल र दीपक वली विजयी भएका छन्। गजुरेलले ९५ र वलीले ७१ मत प्राप्त गरे।

उपाध्यक्षकै अन्य प्रतिस्पर्धीहरू देवेन्द्र पान्डेले ५७, ऋषिराज आचार्यले ३२ र राज बस्न्यातले २२ मत ल्याएका थिए।

यसैगरी, महासचिव पदमा समुन्द्र भट्ट १०६ मतका साथ सानदार रूपमा विजयी भइन्। उनका प्रतिस्पर्धी कमल एक्चा मगरले ४७ मत मात्र प्राप्त गरे।

सचिव पदमा भने राजबहादुर साने ८० मत ल्याएर निर्वाचित भएका छन्। सोही पदका अन्य म्मेदवार अमर ओलीले ४६ र दिनेश लिङ्देनले २८ मत पाए।

सह-कोषाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उत्सव केसी ६७ मतसहित विजयी बने। उनका प्रतिस्पर्धीहरू अमृतमान महर्जनले ४४ र भीषण राईले ४२ मत प्राप्त गरे।

कोषाध्यक्ष पदमा जनक खड्का भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए। त्यस्तै, सदस्य पदमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू पनि निर्विरोध चयन भएका छन्।

जेठ ६, २०८३ बुधबार ०९:४८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।