आज इन्द्रजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं : आज इन्द्रजात्रा। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं उपत्यकासँगै धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ।

इन्द्रजात्राका अवसरमा आज (बिहीबार) काठमाडौं उपत्यका सार्वजनिक विदा दिइएको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

शत्रु पराजय भएपछि विजयोत्सव मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो। 

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोका स्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेकी कुमारीको रथयात्रा हेर्ने परम्परा छ।

असोज ११, २०८० बिहीबार ०८:०६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।