मंगोलियासँग खेल्नुअघि नेपालको तयारी (तस्बिरहरू)

मंगोलियासँग खेल्नुअघि नेपालको तयारी (तस्बिरहरू)
तस्बिर- नेपाल क्रिकेट संघ

काठमाडौं : १९औं एसियाडको बुधबार आफ्नो पहिलो खेलअघि नेपालले आवश्यक तयारी पूरा गरेको छ।

चीनको हाङझाओमा नेपाली क्रिकेट टिमले मंगोलियासँग खेल्नुअघि आवश्यक तयारी गरेको हो।

नेपाली टोली आइतबार चीन गएको थियो भने बलात्कार मुद्दाको पेशीका कारण आइतबार नगएका सन्दीप लामिछाने मंगलबार त्यसतर्फ लागेका छन्।

उनीसँगै सागर ढकाल पनि चीन गएका छन्। देब्रहाते स्पिनर ललित राजवंशी घाइते भएपछि उनको स्थानमा क्यानले ढकाललाई समावेश गरेको हो।

यसअघि एसिया कपमा भारत र पाकिस्तानसँग खेलेर आएको नेपालले एसियाडको समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग भिड्नेछ।

मंगोलियासँग बुधबार बिहान पौने सात बजे भिड्न लागेको नेपालले माल्दिभ्ससँग आगामी आइतबार बिहान पौने सात बजे नै प्रतिस्पर्धा गर्नेछ।

समूह चरण पार गरेपछि नेपाल क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। जहाँ उसले भारत वा श्रीलंकामध्ये एकसँग भिड्नेछ।

९ असोज, २०८०, १८:१६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।