मुर्माकोटबाट देखिने अद्भुत रारा ताल (भिडियो रिपोर्ट)

मुर्माकोटबाट देखिने अद्भुत रारा ताल (भिडियो रिपोर्ट)

मुगुको रारा तालको यात्रा धेरैको सपना हो। तर कठिन भूगोलका कारण हवाई मार्गबाट मात्रै यो अद्भुत तालसम्म पुग्न सकिन्थ्यो। तर अहिले सडक मार्गबाटै सहजै रारा तालसम्म पुग्न सकिन्छ। जो रारा ताल पुगेका छन्

उनीहरू प्राकृतिक सुन्दरता देखेर मन्त्रमुग्ध नहुने कमै छन्। तर पर्याप्त बस्ने स्थानको अभावमा अधिकांश तालमा पुग्नेहरू हतारमा फर्किहाल्नुपर्ने बाध्यतामा थिए। तर पछिल्लो समय रारा क्षेत्रमा निजी होटेल तथा रिसोर्टहरु बढेका छन्।

कोही दुई चार रातै रारा क्षेत्रमा बसेर अद्भुत प्रकृतिमा रम्न चाहने हो भने पनि सम्भव छ। राराको तालको पानी छुँदै अनि बोटिङ गर्दै रमाउन त सकिन्छ नै अलिकति हाइकिङ जाने हो भने रारा तालको अर्को अद्भुत दर्शन पाइन्छ मुर्माकोटबाट। राराको उत्तरतिरको डाँडामा पुग्न डेढदेखि दुई घण्टा लाग्छ।

हिँड्न नसक्नेहरूका लागि घोडाको पनि सुविधा छ। अझ लालिगुँरास फुल्ने मौसम पर्यो भने त लालीगुँरासले रङ्गिएको हल्का बाक्लो जङ्गलको बिचमा उकालो चढ्दै मुर्माकोटबाट रारा तालको सुन्दरता हेर्नुको आनन्दै बेग्लै। राजा महेन्द्रले त्यसै भनेका हुन् र रारा हुन् कि अप्सरा !

६ असोज, २०८०, २१:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।