बदलिएको शंखमुल (तस्बिरहरू)

बदलिएको शंखमुल (तस्बिरहरू)

काठमाडौं : कुनै समय बागमती किनारमा रहेको शंखमूल घाट झाडी र फोहोरले भरिएको थियो।

युवाहरू लागू पदार्थ सेवन गर्न यही झाडी भएको क्षेत्रमा आउने गर्थे। तर, केही वर्षदेखि शंखमूल घाटको रूप र परिचय दुवै फेरिएको छ।

गैरआवासीय नेपाली महासंघ (एनआएनए)को सहयोगमा शंखमूल घाटमा ठूलो शंखसहितको पार्क बनेपछि यस क्षेत्रको स्वरूप फेरिएको हो।

पार्कमा हेल्थ सेन्टरसँगै आदर्श संस्कृत गुरुकुल समेत बनाइएको छ। तर धार्मिक सत्तलको अवस्था भने उस्तै जीर्ण छन्।

पार्क बन्नुअघिको शंखमूल घाट र पार्क बनेपछिको घाटमा धेरै फरक रहेको स्थानीयको अनुभव छ। पार्क बनेपछि चहलपहलसमेत बढेको छ।

छुट्टीको समयमा मानिसहरू घुम्न आउँछन् भने स्थानीयहरू साँझ बिहान डुल्न र कसरत गर्न आइपुग्छन्। शंखमूल पार्कमा स–साना पोखरीहरू, फूलबारी, घाँसे चौर, बस्न कुर्सीहरू र चौबीसै घण्टा पानी बग्ने शंखमूल धारालगायत संरचना बनाइएका छन्।

साँझको समय र बिदाको दिन यहाँ मानिसको घुइँचो नै लाग्छ यहाँ। चलचित्र तथा म्युजिक भिडियोसमेत छायांकन हुन्छ आजकल यहाँ।​​​​​​

३० भदौ, २०८०, १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।