सुवास नेम्वाङलाई श्रद्धान्जली अर्पण गर्न प्रधानमन्त्री प्रचण्ड च्यासलमा  (तस्बिरहरू)

सुवास नेम्वाङलाई श्रद्धान्जली अर्पण गर्न प्रधानमन्त्री प्रचण्ड च्यासलमा  (तस्बिरहरू)
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धान्जली अर्पण गरेका छन्।

मंगलबार एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङको पार्थिव शरीरमा पुष्पगुछा तथा श्रद्धाञ्जली अर्पण गरेका हुन्। त्यहाँ उनले परिवारका सदस्यप्रति समवेदनासमेट प्रकट गरे।

यसअघि सोमबार बिहानै पनि प्रधानमन्त्री दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए। नेम्वाङको निधन हृदयघातका कारण मंगलबार बिहान भएको थियो।

राति १ बजेर ५० मिनेटमा उनलाई अस्पताल पुर्याइए पनि उनको त्यसअघि नै मृत्यु भइसकेको त्रिवि शिक्षण अस्पतालका चिकित्सकले बताएका थिए।

नेम्वाङको पार्थिव शरीरलाई उनका छोराहरू बेलायत र अस्ट्रेलियाबाट फर्किएपछि अन्तिम संस्कार गरिनेछ। सरकारले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ।

२६ भदौ, २०८०, १४:३८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।