उकेरा टप फाइभ : बाख्रापालक किसानले मन्त्री थर्काएकोदेखि ‘कालो इतिहास’ कोर्न सफल भएकोमा भुवन केसीलाई बधाईसम्म

उकेरा टप फाइभ : बाख्रापालक किसानले मन्त्री थर्काएकोदेखि ‘कालो इतिहास’ कोर्न सफल भएकोमा भुवन केसीलाई बधाईसम्म

काठमाडौं : सोमबार बीपी साहित्य महोत्सवको दोस्रो दिन विभिन्न साहित्यिक कुराकानी भयो। भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एन्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गरे भने कांग्रेस महामन्त्री गगन थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन गरे। अन्य स्रष्टा र राजनीतिज्ञहरूले पनि विभिन्न विषयमा आफ्ना भनाइ राखे।

सोमबारै कोशी प्रदेशको मुख्य न्यायाधीवक्तामा गजेन्द्र आचार्य नियुक्त भए। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६०(२) बमोजिम कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आचार्यलाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरे।

यसै दिन गृह मन्त्रालयलका १० सह–सचिवको सरुवा भए। अध्यागमनको डीजीमा रुद्रसिंह तामाङ आए भने ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत फेरियो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहान व्यावसायिक बाख्रापालन गर्ने किसान प्रेमसागर पौडेलले सार्वजनिक कार्यक्रममै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरलाई ‘मैले खुकुरी बोकेको छैन, चप्पल खोलेर भर्खर हान्न सक्छु’ भनेर थर्काएको समाचार लेख्यो।
पूरा समाचारः बाख्रापालक किसानले मन्त्रीलाई ‘मैले खुकुरी बोकेको छैन, चप्पल खोलेर भर्खर हान्न सक्छु’ भनेपछि...

उकेराले दिउँसो बुझेका व्यक्तिलाई सम्बन्धित क्षेत्रको नेतृत्व दिँदा सधैँ सकारात्मक परिणाम आउन सक्दैन भन्ने कुरा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रमाणित गरेको समाचार लेख्यो। नालायकीपन देखाउँदै उनले धर्मको नाममा भएको राजनीतिको सहयोगी बन्दै अर्का फिल्म निर्माता झरना थापालाई सकेसम्म संकटमा पारे।
पूरा समाचारः ‘कालो इतिहास’ कोर्न सफल भएकोमा भुवन केसीलाई बधाई !

साँझपख उकेराले आफ्नो नियमित स्तम्भ भुइँमान्छे लेख्यो। जसमा थाङ्का चित्रकार विष्णुमाया तामाङको अनुभव लेख्यो। काभ्रेबाट काठमाडौंको बौद्ध आएर काम गर्न थालेकी उनको अहिले आफ्नै उद्योग छ। जहाँ १५ जनालाई रोजगारीसमेत दिएकी छन्। उनले आफ्नो अनुभव उकेरासँग साटेकी छन्।
पूरा समाचारः महिनाको छ सयबाट काम थालेकी विष्णुमायाको आफ्नै फ्याक्ट्री, एउटै थाङ्काको मूल्य छ लाख

साँझपखै उकेराले गृह मन्त्रालयलका १० सह–सचिवको सरुवा भएको समाचार लेख्यो। जसमा अध्यागमनको डीजीमा रुद्रसिंह तामाङ आए भने ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत फेरियो।
पूरा समाचारः गृहका १० सह(सचिवको सरुवाः अध्यागमनको डीजीमा तामाङ, ६ जिल्लाका सीडीओ फेरिए

राति उकेराले पोखरामा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी लिमिटेडका कोषाध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेको समाचार लेख्यो।
पूरा समाचारः ग्यालेक्सी फोर के टेलिभिजनका कुमार रम्तेल पक्राउ

भदौ २५, २०८० सोमबार २२:०५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।