ग्यालेक्सी फोर के टेलिभिजनका कुमार रम्तेल पक्राउ

ग्यालेक्सी फोर के टेलिभिजनका कुमार रम्तेल पक्राउ

काठमाडौं : पोखरामा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी लिमिटेडका कोषाध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालक संस्था गाेरखा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवनकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौंबाट पक्राउ गरिएको हो।

‘हामीले उनलाई काठमाडौंबाट पक्राउ गरेका हौँ,’ उनले भने, ‘अहिले उनलाई पोखरा ल्याउँदैछौँ।’

उनीसहित सात जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

सहकारी अर्का सञ्चालक जीबी राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो। उनी ग्यालेक्सी फोर के का सञ्चालक समेत हुन्।

सम्बन्धित समाचार

भदौ २५, २०८० सोमबार २१:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।