विराटनगर पुगेर प्रधानमन्त्री प्रचण्डले भने, ‘पाँच वर्ष यही गठबन्धन चल्छ’

विराटनगर पुगेर प्रधानमन्त्री प्रचण्डले भने, ‘पाँच वर्ष यही गठबन्धन चल्छ’
फाईल फोटो

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच वर्षसम्म यही गठबन्धन चल्ने दाबी गरेका छन्। 

समाजवादी मोर्चाको कोसी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्न विराटनगर पुगेका उनले गठबन्धन टिक्ने कुरामा ढुक्क हुन आग्रह गरेका हुन्। 

पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्।’  मोर्चाको सन्देश सभालाई मोर्चामा आवद्ध शीर्ष नेता र पूर्वप्रधानन्त्रीले सम्बोधन गर्दैछन्। 

तर, ब्यानरमा प्रदेशको नाम नै नराखिकन सन्देशसभा आयोजना गरिँदा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीको राजनैतिक, नैतिक र कानुनी इमान्दारितामाथि प्रश्न उठाउँदै चर्को आलोचना भइरहेको छ। 

सात वटै प्रदेशमा सन्देशसभा आयोजन गर्ने पुर्वतालिका अनुसार आज कोसी प्रदेशमा मोर्चाले सन्देश सभा गरिरहेको हो। 

भदौ २५, २०८० सोमबार १५:१७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।