उकेरा टप फाइभ : कट्टरतावादी धार्मिक संगठनसामू सरकारी निकाय निरीह बनेकोदेखि लेस्बियन जेशिकाले गर्लफ्रेन्ड भगाउँदाका किस्सासम्म

उकेरा टप फाइभ : कट्टरतावादी धार्मिक संगठनसामू सरकारी निकाय निरीह बनेकोदेखि लेस्बियन जेशिकाले गर्लफ्रेन्ड भगाउँदाका किस्सासम्म

काठमाडौं : शुक्रबार कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भए। सर्वोच्चले निवर्तमान मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै सबैभन्दा ठूलो दलको हैसियतले एमालेका संसदीय दलको नेता हिक्मतबहादुर कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दिएको परमादेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरे। उनको शपथ पनि आजै भयो। उनले तीन मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद् पनि विस्तार गरे।

शुक्रबार नै आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्याण्डसँग ४६ रनले पराजित भएसँगै नेपालले महिला टी-२० विश्वकप खेल्ने सपना सपनामै सीमित भयो। १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अल आउट भयो।

कांग्रेस सह-महामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा सांघातिक आक्रमणको विरोधमा कांग्रेसको भातृ संगठन र विद्यार्थी संगठनले प्रदर्शन गर्यो। प्रदर्शनमा उसले प्रधानमन्त्रीसँग शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन नसक्ने गृहमन्त्रीलाई हटाउन आग्रह गरे। त्यसो गर्न नसके आफैँ हट्नसमेत भने।

अब लागौं उकेरा टप फाइभतर्फः
शुक्रबार आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्याण्डसँग ४६ रनले पराजित भएसँगै नेपालले महिला टी-२० विश्वकप खेल्ने सपना सपनामै सीमित भयो। १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अल आउट भयो।
पूरा समाचारः नेपालको महिला विश्वकप खेल्ने सपना यो पटकलाई पनि सपनामै सीमित

उकेराले दिउँसो २०६५ सालबाट देशभर सरकारले साक्षरता अभियान सञ्चालन गरे पनि डेढ दशकमासमेत देश पूर्ण साक्षर बन्न नसकेको विषयमा समाचार लेख्यो।
पूरा समाचारः साक्षरता अभियानका १५ वर्षः हल्ला धेरै, उपलब्धि न्यून

उकेराले दिउँसो हिन्दुवादी धार्मिक संगठनहरूले फिल्म ‘एक भगवत गीता’को नामलाई लिएर विरोध जनाएको र उसको डरमा कानून कार्यन्वयन गर्ने संस्था चलचित्र विकास बोर्ड निरीह भएको समचार लेख्यो। चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा धार्मिक संगठनले निवेदन दिएपछि बोर्डले हात कमाएर बस्यो।
पूरा समाचारः हिन्दुवादी संगठनसामू बोर्ड अध्यक्ष भुवन केसी निरीह, ‘एक भगवत्(गीता’को सेन्सर सिफारिसै गर्न सकेनन्

साँझपख उकेराले आफ्नो नियमित स्तम्भ मध्यमधार लेख्यो। शुक्रबारको नियमित खण्डमा शुक्रबार उकेराले ‘मास्कुलिनी लेस्बियन’ जेशिका गौतमको अनुभव समेट्यो। जसमा उनले आफ्नी गर्लफ्रेन्ड भगाउँदाको किस्सा उकेरासँग साटेकी छन्।
पूरा समाचारः मध्यमधारः ...अनि जेशिकाले सम्झनालाई भगाइन्

साँझ नै उकेराले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेको समाचार लेख्यो। कार्कीले शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
पूरा समाचारः कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीसहित मन्त्री र राज्यमन्त्रीले दिए शपथ

भदौ २२, २०८० शुक्रबार २२:१३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।