२५ हजार घुससहित विद्युत् प्राधिकरणका फोरम्यान पक्राउ

२५ हजार घुससहित विद्युत् प्राधिकरणका फोरम्यान पक्राउ

काठमाडौं : नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले महतोलाई २५ हजार घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

विद्युत् क्षमतावृद्धि गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारको टोलीले त्यहाँ छापा मारेको थियो।

१९ भदौ, २०८०, १८:४७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।