रातसँग मस्त हुन्छ केरुङ : मनोरञ्जन दिने नि पर्यटक, लिने नि पर्यटक

रातसँग मस्त हुन्छ केरुङ : मनोरञ्जन दिने नि पर्यटक, लिने नि पर्यटक

केरुङ : चीन स्वशासित क्षेत्र तिब्बत। नेपालको पुरानो व्यापारिक नाका केरुङ।

कडा अनुशासन र नियम लागू भएको शहर लाग्नसक्छ। तर, आधुनिक भइसक्यो केरुङ। यो शहर रातभर जागै रहन्छ। बिहान ढिला उठ्छ।

बार, क्याबिन, लाउन्ज के चाहियो त्यही छ रात्रीकालीन मनोरन्जनका लागि। मदिरा छ्यालब्याल। नेपाली ब्राण्ड खोज्ने कि यतैको।

बाहिर पसलमा आफैँ किन्छु भने पनि पाइन्छ। तर, निश्चित पसलमा मात्र। मदिरा अनि सुर्तीजन्य सामग्री बेच्न स्पेशल लाइसेन्स लिनुपर्ने। लाइसेन्सका लागि चिनियाँ नागरिकलाई प्राथमिकता।

बियरमा अल्कोहलको मात्रा २ दशमलव ५ प्रतिशत मात्र। नेपालमा चिया खाने साइजको गिलास यहाँको बियर गिलास।

एक पटक हालेपछि सबै एकैपटक सक्काउनुपर्ने बार अनि क्याबिनमा जाँदा एकै पटक १० बोतल आउने।

बार अनि लाउन्जहरूमा काम गर्ने युवतीहरू अधिकांश नेपाली नै। रसुवाबाट काम गर्ने आउनेहरू धेरै।

रसुवावासीका लागि भिषा नचाहिने। पासको आधारमा आउन पाउने। तर, काम गर्न बस्ने हो भने अर्को पास लिनुपर्ने व्यवस्था छ।

काठमाडौंतिरको क्याबिन अनि केही दोहोरीको बदमासी यता भित्रिसकेको रैछ। बारमा ग्राहकसँगै युवती बस्न खोज्ने। सके ग्राहकलाई टन्न पिलाउने नसके आफू खाइदिने।

सुरक्षा पूरै डिजिटल। फाट्टफुट्ट मात्र प्रहरी देखिने। हरेक होटलमा प्रहरीको हटलाइन नम्बर राखेको हुन्छ।

चीन बाहिरकालाई कम्युनिष्ट देश बढो कडा हुन्छ मनोरन्जनमा भन्ने लाग्नसक्छ। तर, लोकतन्त्र भएको देशमा भन्दा पनि खुला।

यति हो रात्रीकालीन मनोरन्जन लिने पनि पर्यटक अनि मनोरन्जन दिने पनि पर्यटक।

१८ भदौ, २०८०, २१:४७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।