भारतीय कलाकारको स्वरमा संगीतकार शर्माको  ‘तिम्रा माताजीलाई नमस्ते’

भारतीय कलाकारको स्वरमा संगीतकार शर्माको  ‘तिम्रा माताजीलाई नमस्ते’

काठमाडौं : ‘पर्ख पर्ख मायालु’, ‘पिरिम नलाउने’, ‘पहिलो नम्बरमा’ र ‘दर्शन सलाम’जस्ता गीतका गीतकार दीपक शर्माको गीतमा भारतीय कलाकारले स्वर दिएका छन्।

दीपक शर्माको संगीत सरोज ओलीको शब्दमा रहेको गीत ‘तिम्रा माताजीलाई नमस्ते’मा भारतीय चर्चित गायक नकास अजिज र चर्चित गायिका भूमि त्रिवेदीले गाएका छन्।

गीतलाई भारतीय एरेन्जर सौरभ लोखन्डेले एरेन्ज गरेका छन्। संगीतकार शर्माले गीतको रेकर्ड भारतस्थित स्टुडियो कैलाशमा रेकर्डिङ भएको बताए।

उनका अनुसार नेपालमा यो गीत सार्वजनिक भएलगत्तै हिन्दी भाषामा पनि रिलिज हुनेछ।

उकेरासँगको कुराकानीमा शर्माले भने, ‘म पनि कार्य व्यस्तताको कारणले भारत जानका सकिनँ। यसपटक मैले प्रविधिको प्रयोग गर्दै जुम लाइभमा बसेर उहाँहरूलाई गीतको भाव अनुसार गाउन सिकाए। गीत निकै राम्रो बनेको मैले विश्वास लिएको छु।’

उनका अनुसार यो गीतको भिडियोमा गीतकार ओली र प्रियंका कार्कीले अभिनय गर्ने तय भइसकेको छ। अहिले यहि गीतको लागि नृत्य निर्देशक गम्भीर विस्टसँग दुवैजनाले नृत्य सिकिरहेका छन्। संगीतकार शर्माको यो बलिउडका कलाकारसँगको पहिलो सहकार्य हो।

१८ भदौ, २०८०, १४:३७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।