सभ्य र भव्य केरुङ, जहाँ चोकैपिच्छे नेपाली ठोकिन्छन् (तस्बिरहरू)

सभ्य र भव्य केरुङ, जहाँ चोकैपिच्छे नेपाली ठोकिन्छन् (तस्बिरहरू)

केरुङ : नेपालसँगको सीमा नाकामा रहेको चीनको केरुङ बजार पुग्दा नेपालमै छु भन्ने अनुभव गराउँछ। सभ्य र भव्य केरुङमा चोकैपिच्छे नेपालीसँग ठोकिन्छ। 

२०७२ को भुकम्पपछि छिमेकी राष्ट्र चीनले नेपालसँगको व्यापारका लागि खासा बजार विस्थापित गरेर केरुङमा नयाँ वस्ती बसालेको छ। यहाँ अहिले धमाधम निर्माणको काम भइरहेको छ।

नयाँ बजारको होटल, पसल अधिकांश चिनियाँ कै छन्। तर कामदार भने प्रायः नेपाली। नेपाली नामका बोर्ड र चोकैपिच्छे भेटिने पनि नेपाली नै छन्।

बजार रातभर खुल्छ। यहाँ नेपालीले नै डिस्को अनि क्याबिन रेष्टुरेण्ट भित्र्याएका छन्।

केरुङमा काम गर्न रसुवा, ओखलढुंगादेखि सोलुखुम्बुसम्मका नेपाली पुगेका छन्। जो अधिकांश होटल अनि निर्माण कार्यमा संलग्न छन्।

होटलका कामदारले मासिक न्यूनतम् ३५ हजार नेपाली अनि निर्माण कामका नेपालीले मासिक ९० हजारसम्म कमाउने गर्छन्।

यहाँको सार्वजनिक स्थानमा प्रहरी देखिनन्। तर केरुङ बजारमा पुरै डिजिटल सेक्युरिटी देखिन्छ। चोक-चोकमा शक्तिशाली सीसीटीभी जडान गरिएको छ।

आधुनिक सहरको रूपमा विकसित हुँदै गएको केरुङमा तिब्बतीयन भन्दा मुल चिनियाँकै संख्या बढी देखिन्छ।

बजारका होटल अहिले कैलाश मानसरोवर जाने र फर्किएका नेपालीले भरिएका छन्। यहाँको होटलमा बस्न पाइन्छ तर खाना पाइन्न।

खाना कि बाहिर होटलमा खानुपर्छ कि समूहमा आएकाको हकमा सम्बन्धित ट्राभल्सको टिमले खाना बनाएर खुवाउँछन्।

१८ भदौ, २०८०, १३:११:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।