एसिया कप : श्रीलङ्कासँगको खेलमा बङ्गलादेशले टस जितेर पहिला ब्याटिङ गर्दै
काठमाडौं : एसिया कप क्रिकेटमा श्रीलङ्कासँगको खेलमा बङ्गलादेशले टस जितेर पहिला ब्याटिङ रोजेको छ।
श्रीलङ्काको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर बङ्गलादेशका कप्तान शाकिब अल हसनले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
एसिया कपमा श्रीलङ्का सबैभन्दा सफल टिमको दोस्रो नम्बरमा छ। उसले अहिलेसम्म ६ पटक उपाधि जितेको छ।
बङ्गलादेश भने ३ पटकको उपविजेता हो। एसिया कपमा सबैभन्दा सफल भारतले ७ पटक उपाधि जितेको छ।
यही भदौ ३१ गतेसम्म हुने १६ औँ संस्करणको एसिया कप पाकिस्तान र श्रीलङ्कामा भइरहेको छ।
श्रीलङ्काको प्लेइङ ११
पथुम निसन्का, दिमुथ करुनारत्ने, कुसल मेन्डिस (विकेटकिपर), सदीरा समाराविक्रमा, चरिथ असलन्का, धनन्जय डी सिल्भा, दसुन शनका (कप्तान), दुनिथ वेलालेग, महीश थीकशना, कसुन रजिता र मथीशा पथिरना।
बङ्गलादेशको प्लेइङ ११
मोहम्मद नइम, तन्जिद हसन, नजमुल होसेन शान्तो, त्वहिद हृदोय, शाकिब अल हसन (कप्तान), मुशफिकर रहिम (विकेटकिपर), मेहेदी हसन मिराज, महेदी हसन, तस्किन अहमद, शोरिफुल इस्लाम र मुस्ताफिजुर रहमान।
भदौ १४, २०८० बिहीबार १५:२२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।