एसिया कपमा नेपालको पहिलो खेल : यो शुभारम्भ हो, अन्त्य हैन (फोटो कथा)

एसिया कपमा नेपालको पहिलो खेल : यो शुभारम्भ हो, अन्त्य हैन (फोटो कथा)
तस्बिर : क्यान, पिएससी

नेपाल एसिया कपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भयो। पाकिस्तानमा भइरहेको एसिया कपको उद्घाटन खेलमै पाकिस्तानसँग नेपालको भेट भयो।

पाकिस्तान जसका लागि यस्ता प्रतियोगिता नयाँ हैन। नेपाल पहिलो पटक एसिया कपमा खेल्दै थियो। बलिङको तुलनामा ब्याटिङ अनि फिल्डिङमा धेरै कमजोरी देखिए। जुन तहको बलिङ देखियो त्यही स्तरमा फिल्डिङ भएको भए तीन सय रन कट्न गाह्रै देखिन्थ्यो।

मैदानमा नेपाली खेलाडीले फिल्डिङ मिस गर्दा बल बाउन्ड्रीमा पुगिरहेका थिए। तै पनि विश्व क्रिकेटका खेलाडीमध्ये उत्कृष्ट फममा रहेका पाकिस्तानका कप्तान बाबर आजमलाई नेपाली बलरहरूको बल थेग्न त्यति सहज देखिएन।

करण केसीले पाएको क्याच आउटको मौका चुक्का आजम लामो समय क्रिजमा टिक्न पाए। उनले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले।

बलिङको तुलनामा नेपाली टिमको ब्याटिङमा धेरै कमजोरी देखिए। तर नेपाली ब्याट्सम्यानहरूले अन्तर्राष्ट्रिय खेलका अनुभवी तीव्र गतिका पाकिस्तानी बलरको बललाई चुट्दै बाउन्ड्री पार पनि गराए। यो शुभ सङ्केत हो।

नेपालको भर्खर एसिया कपको यात्रा शुभारम्भ भएको छ। समाप्ति हैन।

​​​​​​​

१३ भदौ, २०८०, ००:०१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।