उकेरा टप फाइभ : २१ वर्षमै दुवै मृगौला फेल भएका सागरको पीडादेखि काठबाट देवता निकाल्ने गोपालको अनुभवसम्म

उकेरा टप फाइभ : २१ वर्षमै दुवै मृगौला फेल भएका सागरको पीडादेखि काठबाट देवता निकाल्ने गोपालको अनुभवसम्म

काठमाडौं : सोमबार प्रतिनिधिसभा अन्तर्गत विषयगत समितिका सभापतिहरू चुनिए। १० समितिको सभापतिमा ११ सांसदको उम्मेदवारी परे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका सांसद् गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि सबै सर्वसम्मति चुनिए। चुनिएका सभापतिहरूको शपथग्रहण पनि सोमबारै भयो।

यस्तै, एसिया कप खेल्नका लागि राष्ट्रिय क्रिकेट टोलीका स्पिन बलर सन्दीप लामिछाने पाकिस्तान उडे। बलात्कार मुद्दाको सुनुवाइका कारण रोकिएका उनी अर्को पेशी भदौ २१ मा सरेपछि कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ लागे।

त्यसैगरी यसदिन विभिन्न राजनीतिक दलका कार्यक्रमहरू भए। त्यहाँ शीर्ष नेताहरूले एकअर्कालाई कटाक्ष गर्न छाडेनन्।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले सोमबार बिहान टिपर चालक बन्ने सपना देखेका सुर्खेतको वीरेन्द्रनगर–१ देउतीथान गाउँका सागर गुरुङको पीडादायी संघर्षको बारेमा लेख्यो। उनका दुईवटै मृगौलाले काम गर्न छोडेका छन्।हप्तामा दुई पटक डायलाइसिस गरेर मात्रै उनले सास फेर्न पाएका छन्।
पूरा समाचारः टिपर चालक बन्ने सपना देखेका सागरलाई २१ वर्षमै मृगौलाले धोका दियो, भन्छन्ः उपचारकै अभावमा मृत्यु कुरिरहेको छु

दिउँसो उकेराले एमाले लुम्बिनी प्रदेशको अधिवेशन नजिकिँदै गर्दा अध्यक्षका आकांक्षीहरू शक्तिकेन्द्र धाउन थालेको समाचार लेख्यो। भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलको रामनगर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ।
पूरा समाचारः एमाले लुम्बिनी अधिवेशनः आफू निकटलाई नेतृत्वमा ल्याउन पोखरेल र पौडेल गुट बनाएरै लविङमा

साँझपख उकेराले आफ्नो नियमित स्तम्भ ‘भुइँ मान्छे’मा भक्तपुरको जगातीमा पुर्ख्यौली पेशा गरिरहेका गोपाल कृष्ण शिल्पकारको अनुभव समेट्यो। उनी काठमा भगवानका आकृति कुँद्छन्।
पूरा समाचारः काठबाट देवता निकाल्ने गोपालकृष्ण भन्छन्( ‘अहिले त मन्दिरमा ‘तल्लो जात’को अशुद्ध काठ नहालेसम्म बिलै पास हुँदैन’

साँझपख उकेराले सप्तकोशीको पुलछेउमा कार रोकेर एक डाक्टर बेपत्ता भएको समाचार लेख्यो। सोमबार राति प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार सप्तकोशी पुल पारी उदयपुरमा रोकेर डाक्टर बेपत्ता भए।
पूरा समाचारः मध्यरातमा पुल छेउमा कार रोकेर सप्तकोशीतर्फ गएका डाक्टर बेपत्ता

बेलुकी उकेराले ललिता निवासमा पक्राउ परेका अभियुक्तमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी कागजात किर्तेमा मुद्दा चलाएको विषय छाप्यो। संगठित अपराध अनुसन्धानको लाग ६० दिन म्याद लिएको प्रहरीले अभियोजन भने २५ दिनमा अभियोगपत्र दायर गर्नुपर्ने सरकारी काजात किर्तेमा मुद्दा चलाएर बद्नियत देखायो।
पूरा समाचारः ललिता निवास अनुसन्धानमा प्रहरी र सरकारी वकिलको सङ्गठित बदनियत, न्यायाधीशको कार्यसम्पादनमा प्रश्न !

११ भदौ, २०८०, २२:०५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।