तरुण माविकी शिक्षक ९३ दिनदेखि विद्यालयमा अनुपस्थित, महानगरले सोध्यो सात दिने स्पष्टिकरण

तरुण माविकी शिक्षक ९३ दिनदेखि विद्यालयमा अनुपस्थित, महानगरले सोध्यो सात दिने स्पष्टिकरण

काठमाडौं : काठमाडौं महानगरपालिकाले ९३ दिनदेखि अनुपस्थित शिक्षकलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।

महानगरको वडा नम्बर १६ बालाजुमा रहेको तरुण माध्यमिक विद्यालयमा कार्यरत माध्यमिक तह तृतीय श्रेणी अङ्ग्रेजी विषयका स्थायी शिक्षक ज्योती पाण्डेय गत जेठ ८ गतेदेखि अनुपस्थित भएपछि स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको हो।

महानगरले निकालेको सार्वजनिक सूचनामा शिक्षक पाण्डेलाई महानगरको शिक्षा विभागमा सम्पर्क गर्न आउन पटक–पटक पत्राचार गर्दासमेत अटेरी गरेके उल्लेख छ।

विभागले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै त्यसो नगरेमा शिक्षा ऐन, २०२८ अनुसार नोकरीबाट हटाइने चेतावनीसमेत दिएको छ।

५ भदौ, २०८०, ०९:२७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।